रामधुनी । तीनजना अध्यक्षका उम्मेदवार सहित प्यानलले उद्योग वाणिज्य संघ झुम्काको निर्वाचन बहिष्कार गरेका छन् ।
नक्कली मतदाता भेटिए पछि छानबिन हुनुपर्ने माग सम्बोधन नभइ एकतर्फी रुपमा निर्वाचन समितिले जवरजस्ती निर्वाचन गर्न लागेको भन्दै अध्यक्षका उम्मेदवार तीनजनासहित प्यानलले चुनाव बहिष्कार गरेका हुन् ।
आज (सोमबार) बिहान पत्रकार सम्मेलन गर्दै अध्यक्षका उम्मेदवार दुर्गा फुयाँल, भरत कार्की र सन्दीप गौतमले चुनावममा सहभागी नहुने भन्दै बहिष्कार गरेका छन् ।
“रामधुनीमा व्यवसाय नै नभएका व्यक्तिहरु सदस्य सूचीमा छन् । छानविन हुनुपर्यो भनेर हामीले पटक पटक बेथिति अन्त्य हुनुपर्ने माग राखिरहँदा निर्वाचन समितिले एकतर्फी रुपमा जवरजस्ती निर्वाचन गराउन खोज्यो । यो हामीलाई मान्य छैन ।,’ अध्यक्षका उम्मेदवार कार्कीले भने, ‘हामीले उठाएको त्यति महत्वपूर्ण विषयलाई सम्बोधन नै नगरी बेलुका ६ बजे सूचना जारी गरेर भोलिपल्ट १२ बजे निर्वाचनको सूचना निकालेपछि हामीले बहिस्कार गरेका हौँ ।”
नक्कली मतदाता छानविन गर्न माग गर्दै यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमा परेको थियो भने उच्च अदालत विराटनगरले निर्वाचन स्थगनका लागि अन्तरिम आदेश समेत जारी गरेको थियो ।
उच्च अदालत विराटनगरले चैत १६ गते बिहीबार तत्काल निर्वाचन नगर्न भन्दै अल्पकालीन आदेश दिएको थियो ।